
काठमाडौँ । ग्लोबल हंगर इंडेक्समा नेपाल ७३ औं नम्बरमा परेको छ । जम्मा ११७ देशको सूचीमा भारत भने १०२ औं नम्बरमा छ । आयरलैंडको ऐड एजेन्सी कन्सर्न वर्ल्डवाइड र जर्मन अर्गनाइजेशन वेल्टले तयार गरेको सुचिमा यस्तो देखिएको हो ।
यो सूचीले विश्वमा कुन देशका मानिसहरु पेटभर खान पाउंछन् भन्ने देखाउंछ । ग्लोबल हंगर इंडेक्समा तल पर्नुको मतलब यो हो कि त्यो देशका मानिसहरु पेटभर खान पाइरहेका छैनन् । यसरी हेर्दा हामीले ठुलै आर्थिक सहयोग मिल्ला र हाम्रो देशको कायापलट होला भन्दै आशा र चाकरी गरिरहेको मुलुक भारत आफ्ना नागरिकको पेट भर्न समेत असमर्थ छ । भलै भारत एसियाको तेस्रो ठुलो र दक्षिण एसियाको सबैभन्दा ठुलो अर्थतन्त्र भएको मुलुक हो ।
सुचीमा पाकिस्तान ९४ औं स्थानमा छ भने बंगलादेश ८८ औं स्थानमा छ । श्रीलंका चाहिं नेपाल भन्दा पनि माथि ६६ औं स्थानमा छ । यसले के देखाउंछ भने पोषणको आधारमा हेर्ने हो भने नेपाल आफ्ना दक्षिण एसियाली छिमेकीको तुलनामा राम्रो अवस्थामा छ । तर, नेपालले पोषणको क्षेत्रमा धेरै गर्न बाँकी नै छ । पोषणको अभावमा बाल मृत्युदर बढ्ने गर्छ । बच्चाको लम्बाइको अनुपातमा वजन कम हुन्छ । र, कुपोषणको शिकार हुन्छन् ।
यसअघी विश्व बैंकले सन् २०१९ मा नेपालले आर्थिक वृद्धिदरमा पनि भारतलाई जित्ने प्रक्षेपण गरेको थियो। नेपाली अर्थतन्त्रको आकारमा ७.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको विश्व बैंकले भारतले भने ६ प्रतिशतको मात्र आर्थिक वृद्धिगर्ने अनुमान गरिएको हो । विश्व वैंकले नेपालले गर्ने आर्थिक वृद्धिलाई अघिल्लो आर्थिक वर्षको तुलनामा संतोषजनक मानेको छ । सन् २०१८ मा नेपालको आर्थिक वृद्धिदर ६.७ प्रतिशत थियो ।
नेपालसहित सार्क क्षेत्रका मुलुकको आइतबार आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गर्दै विश्व वैंकले बंगलादेश ८.१ प्रतिश्को वृद्धिका साथ अग्र स्थानमा रहने जनाएको छ। नेपाल भने दोस्रो स्थानमा रहने छ। तेस्रोमा भने भारत रहने छ जसले ६ प्रतिश्को बृद्दी गर्ने अनुमान छ। सन् २०१८ मा भारतको आर्थिक वृद्धिदर ६.९ प्रतिशत रहेको थियो। तर, चालु आर्थिक वर्षमा भने त्यो दर कायम नरहने अनुमान साउथ एशिया इकोनोमिक फोकसको पछिल्लो सस्करणमा उल्लेख गरेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भारतको आर्थिक बृद्दी ५ प्रतिशतको मात्र देखिएको थियो जुन गएका पाँच वर्षमा सबैभन्दा कम हो । क्रेडिट रेटिंग एजेन्सी मूडीजले भारतको जीडीपी ग्रोथरेट यसअघि नै घटाईसकेको थियो । मूडीजको अनुमान अनुसार आर्थिक वर्ष २०१९ /२० मा भारतको जीडीपी ग्रोथ ५.८ प्रतिशत मात्र रहने छ ।
प्रतिक्रिया दिनुहोस