aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विश्वका सबैभन्दा धनी कलाकार, को सँग कति सम्पत्ति होला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ मंसिर २०८०
विश्वका सबैभन्दा धनी कलाकार, को सँग कति सम्पत्ति होला ?

एजेन्सी । कलाकारितामा लागेर सबैभन्दा धेरै पैसा कमाउनेहरुमा अमेरिका जेरी सेन्टफिल्ड एक नम्बरमा देखिएका छन् । उनको सम्पत्ति १ विलियन अमेरिकी डलर बराबरको सम्पत्ति रहेको टप रेकिङले जनाएको छ । त्यस्तै, दोस्रो नम्बरमा अमेरिकी कलाकार टेलर जेरी रहेका छन् । उनको पनि एक विलियन अमेरिकी डलर नै सम्पत्ति रहेको छ । 

त्यस्तै, तेस्रो नम्बरमा अमेरिकी कलाकार ड्वेन जोन्सन रहेका छन् । उनको सम्पत्ति ८२० मिलियन अमेरिकी डलर रहेको छ । त्यस्तै, चौथो नम्बरमा भारतीय कलाकार शारुख खान परेका छन् । उनको सम्पत्ति ७७० मिलियन अमेरिकी डलर रहेको छ । 

त्यस्तै, अमेरिकी कलाकार टम क्रुज ६२० मिलियन अमेरिकी डलरसहित पाँचौ नम्बरमा रहेका छन् । त्यस्तै, हङकङ निवासी ज्याकी चेन छैटौं नम्बरमा रहेको छन् । उनको सम्पत्ति ६२० मिलियन अमेरिकी डलर रहेको छ । भने अमेरिकी कलाकार जर्ज क्लुनी ५०० मिलियन डलरसहित सातौ नम्बरमा परेका छन् । त्यस्तै, अमेरिकी कलाकार रोवर्ट डि निरो ५०० मिलियन अमेरिकी डलरसहित  आठौं नम्बरमामा रहेका छन् । 

त्यस्तै, अमेरिकी कलाकार अर्नोल्ड श्वार्जनेगर नवौं नम्बरमा परेका छन् । उनको सम्पत्ति ४५० मिलियन डलर रहेको छ । त्यस्तै, अमेरिकी कलाकार केभीन जिप्सन ४२५ मिलियन अमेरिकी डलरसहित दशौं नम्बरमा रहेका छन् भने १३ औं नम्बरमा भारतीय कलाकार अमितव बच्चन परेका छन् । उनको सम्पत्ति ४१० मिलियन अमेरिकी डलर रहेको छ । त्यस्तै, पांधौं नम्बरमा भारतीय कलाकार सलमान खान परेका छन् । उनको सम्पत्ति ३५० मिलयन अमेरिकी डलर रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस