aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

राष्ट्रपति भण्डारी म्यानमार प्रस्थान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असोज २०७६
राष्ट्रपति भण्डारी म्यानमार प्रस्थान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ६ दिने विदेश भ्रमणका लागि म्यानमार प्रस्थान गरेकी छिन् । ४ दिन म्यानमार र २ दिन जापानको राजकीय भ्रमणका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन् । 

राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायत छन् ।  

उनले आफ्नो भ्रमणको सुरुवात म्यानमारबाट गर्ने भएकी छिन् । म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा उनी बुधबार  त्यसतर्फ प्रस्थान गरेकी छिन् । 

परराष्ट्र मन्त्रालयका अनुसार भण्डारीले त्यहाँका राष्ट्रपति मिन्टसँग दुईपक्षीय वार्ता गर्र्नेिछन् । राष्ट्रपति म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्ने्छिन् ।

म्यानमारका राष्ट्रपति मिन्टले आयोजना गर्ने राजकीय भोजमा राष्ट्रपति भण्डारी सहभागी हुनेछिन् । राष्ट्रपति भण्डारीले पिङ ओ लिङमा म्यानमारका नेपालीभाषीसँग पनि भेट्ने कार्यक्रम छ । 

राष्ट्रपति भण्डारी कात्तिक २ मा जापान जानेछिन् । उनी त्यहाँका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा उपस्थित हुनेछिन् । जापान भ्रमणपछि उनी ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
 

प्रतिक्रिया दिनुहोस