aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

संसारमा १ हजार मात्र मानिस भए नेपालमा कति हुन्थे होलान् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ मंसिर २०८०
संसारमा १ हजार मात्र मानिस भए नेपालमा कति हुन्थे होलान् ?

काठमाडौँ। मानौँ यदि अहिले विश्वको जनसङ्ख्या मात्र १ हजार हुन्थ्यो भने नेपालको जनसङ्ख्या कति हुन्थ्यो होला ? यस्तै रोचक जिज्ञासाको जवाफ एक अध्ययनले दिएको छ ।

सन् २०२२ यता विश्वको जनसङ्ख्या ८ अर्ब भन्दा उकालो लागेको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२३ को जुलाईमा त्यो जनसङ्ख्या ८ अर्ब ४ करोड ५३ लाख ११ हजार भन्दा बढी हुन्छ भन्ने प्रक्षेपण नै गरेको थियो । वोल्डोमिटरका अनुसार अहिले पृथ्वीको जनसङ्ख्या ८ अर्ब ७ करोड ५७ लाख पुगिसकेको छ ।

भिजुअल क्यापिटालिष्ट निक रुटले र ब्रुनो भेन्दितीले संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या विभागले गरेको जनसङ्ख्याको प्रक्षेपणलाई आधार मान्दै संसारमा यदि जम्मा १ हजार जना मात्र मानिस हुन्थे भने कुन देशमा कति जनाको बसोबास हुन्थ्यो भन्ने सुची नै तयार गरेका छन् । सो सुची अनुसार त्यस मध्ये आधा भन्दा बढी एसियामा रहेका हुन्थे ।

त्यसमा पनि भारत र चीन दुई वटा देशमा मात्र अहिले ४.७ अर्ब अर्थात् यी देशमा एसियाको कुल जनसङ्ख्याको ५९ प्रतिशत मानिसहरू रहेको देखिएको छ । यदि १ हजारको आधारमा हेर्ने हो भने भारतमा १७८ र चीनमा त्यसमा एक जना कम अर्थात् १७७ जनाको बसोबास रहेको हुन्थ्यो ।

त्यसैगरी, अमेरिकामा ४२ जना र इन्डोनेसियामा जम्मा ३५ जना मात्र मानिस हुन्थे। त्यो सूचिमा पाँचौँ स्थानमा रहेको पाकिस्तानमा ३० जनाको बसोबास हुने गणनामा देखाइएको छ ।

सो सूचिमा नेपाल भने ४९ औँ स्थानमा रहेको छ । यसरी हेर्दा यदि संसारमा जम्मा हजार जना मात्र मानिस हुँदा हुन् त नेपालमा ४ जना मात्र हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस