
काठमाडौं । मनाङ एयर प्रालिले नयाँ हेलिकोप्टर भित्र्याएको छ । यसबाट व्यावसायिक उडान समेत सुरु गरिएको छ । फ्रान्समा निर्मित एयरबस हेलिकोप्टरको ‘एएस ३५० बी ३ ई (एच १२५) हेलिकोप्टर ९ एन–एएनजेबाट व्यावसायक उडान सुरु गरिएको मनाङ एयरले जानकारी दिएको छ ।
कम्पनीले सञ्चालन गरिरहेको २ थान हेलिकोप्टरले २३ हजार फिटको उचाइसम्म सुरक्षित उडान गर्न सक्ने कम्पनीको भनाई छ । दक्ष पाइलट तथा प्राविधिकहरु सहभागी हुने यस उडानबाट पर्यटकीय दृश्यावलोकन तथा उद्धार कार्यमा प्रयोग गर्न सकिने जनाएकाे छ ।
अतिउच्च हिमाली क्षेत्रहरुमा उद्दार, स्वदेशीलाई आवश्यक ठाउँमा उडान तथा विकास निर्माण लगायतका विविध क्षेत्रमा समेत प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस