aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मल्टिपर्पस फाइनान्सको सेयर बिहीबारबाट लिलामी खुल्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असोज २०७६
मल्टिपर्पस फाइनान्सको सेयर बिहीबारबाट लिलामी खुल्दै

काठमाडौं । मल्टिपर्पस फाइनान्सले २४ लाख ८७ हजार २७८ कित्ता सेयर बिहीबार (असोज ३० गते) देखि लिलामीमा ल्याउने भएको छ । कम्पनीले सर्वसाधारण समूहको ६ लाख २६ हजार ५५७ कित्ता र संस्थापक समूहको १८ लाख ६० हजार ७२१ कित्ता सेयर लिलामी गर्न लागेको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा कात्तिक ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले संस्थापक सेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारणमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौं र मल्टिपर्पस फाइनान्सको केन्द्रीय कार्यालय राजविराज, सप्तरीबाट आवेदन दिन सकिनेछ ।

यस्तै, सिभिल बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, बिर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट र घोराही शाखाबाट पनि बोलपत्र पेश गर्न गकिनेछ । सेन्चुरी कमर्सियल बैंकको बाग्लुंग र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस