aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लागूऔषधसहित ४ र जुवाखालबाट पाँच जना समातिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ मंसिर २०८०
लागूऔषधसहित ४ र जुवाखालबाट पाँच जना समातिए

काठमाडौं  । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ४ र जुवाखालबाट पाँच जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान थालिएको छ ।

मोरङको विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६८ मिलिग्रामसहित सोही महानगरपालिका-२ बस्ने २४ वर्षीय अंकित घिमिरे समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ०२-०२८प ७६७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित समातेको थियो ।

सिरहाको लहान नगरपालिका-१ लोकतन्त्र चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम र डिजिटल तराजु १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने ३२ वर्षीय संजय चौधरी र २० वर्षीय अभिशेख चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका-९ शिवटोल बस्ने ३७ वर्षीय गीता लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवा खेलाएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार ३ सय ४० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस