aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लन्डन उडेको एयर इन्डियाको जहाजमा पानी चुहिएर यात्रु निथ्रुक्कै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ मंसिर २०८०
लन्डन उडेको एयर इन्डियाको जहाजमा पानी चुहिएर यात्रु निथ्रुक्कै

एजेन्सी । दिल्लीबाट लन्डन ग्याटविक एयरपोर्टका लागि उडेको एयर इन्डियामा पानी चुहिएको भिडियो अहिले सामाजिक संजालमा भाइरल छ। नोभेम्बर २९ तारिक बुधबार ओभरहेड भण्डारण क्षेत्रबाट उडानको बिचमा केबिन चुहावट भएको हो।

यसरी बसिरहेको सिट माथिबाट पानी चुहिएपछि यात्रुहरू निथ्रुक्कै भिजेको भिडियोमा देखिन्छ । सो विमान एयर इन्डिया ७४७ ड्रिमलाइनर रहेको बताइएको छ ।

यस्तो घटना भएपनि केबिन क्रुले यात्रुलाई हौसला प्रदान गरिरहे । पाइलटले विमानको छतबाट पानी चुहिएर नआत्तिन यात्रुहरूलाई आग्रह पनि गरेका थिए। किनकि घरको छत चुहिए जस्तो बाहिरबाट पानी पसेको भने थिएन ।

एक प्रयोगकर्ताले सामाजिक सञ्जालमा भिडियो अपलोड गरेपछि यो भिडियो भाइरल भएको थियो। कहिलेकाहीँ मुसाले उडानमा आक्रमण गर्दा छत चुहिन थालेपछि भारतीय राष्ट्रिय एयरलाइन्सलाई अप्ठ्यारो परेको छ । यो एयरलाइन्स  व्यापारिक घराना टाटाले सरकारबाट खरिद गरेर संचालन गरिरहेको छ  ।

प्रतिक्रिया दिनुहोस