aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भूकम्प पीडितलाई एशियन पेन्ट्सले गर्‍यो ५० लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ मंसिर २०८०
भूकम्प पीडितलाई एशियन पेन्ट्सले गर्‍यो ५० लाख सहयोग

काठमाडौं । एशियन पेन्ट्स नेपालले भूकम्प पीडितलाई सहयोग गरेको छ । गत कात्तिक १७ गते गएको भूकम्पले जाजरकोट, रुकुम र आसपासका क्षेत्रहरूमा मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । 

एशियन पेन्ट्स नेपालले विपद् प्रभावित क्षेत्रमा सरकारको पुनर्स्थापना र पुनर्निर्माणको प्रयासमा सहयोग पुर्‍याउन र विपद्बाट पीडितहरूलाई राहत उपलब्ध गराएको हो । एशियन पेन्ट्स नेपालले प्रधानमन्त्री दैव प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । 

उक्त रकम बराबरको चेक एशियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर  गोपाल कृष्णले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् । उक्त चेक मंगलबार नै हस्तान्तरण गरिएको पनि कम्पनीले जानकारी दिएको छ ।  

 

प्रतिक्रिया दिनुहोस