aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बुढानिलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ मंसिर २०८०
बुढानिलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारी पक्राउ

काठमाडौं । जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सव-इन्जिनियर टिकाराज राई पक्राउ परेका छन्  । राईले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस  माग गरिरहेका बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि पक्राउ परेका हुन । 

आयोग, टंगालबाट खटिई गएको टोलीले निज सव-इन्जिनियर टिकाराज राईलाई सेवाग्राहीबाट हजार रुपैयाँ घुस रकमसहित बुढानिलकण्ठ नगरपालिका वडा नं ७ बाट विहीबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस