
काठमाडौं । सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौ महानगरपालिका ३२ स्थित नाककाट्य मन्दिर नजिक सडकबाट सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा बारा सिमरा नगरपालिका १४ घर भएका ठमेल बस्ने २३ वर्षीय रोहन शाहलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
शाहले सोही महानगरपालिका ३२ नाककाट्य मन्दिर नजिक सडकमा हिँडिरहेकी २२ वर्षीया युवतीको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग काडाघारीबाट खटिएको प्रहरीले उनलाई लुटी लगेको सिक्रीसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस