aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

श्‍याम तामाङकाे घरमा जुवा खेलिरहेका १५ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ मंसिर २०८०
श्‍याम तामाङकाे घरमा जुवा खेलिरहेका १५ जना पक्राउ

ललितपुर । जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । कोन्ज्योसोम गाउँपालिका १ तिमलडाँडा बस्ने श्‍याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा सोही गाउँपालिका १ बस्ने २३ वर्षीय सोमराज घ्यावासमेत १५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

श्यामको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा बृत्त चापागाँउबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख ७३ हजार १ सय १० रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस