aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

राजस्वमा उच्च योगदान गर्नेहरुलाई नेपाल उद्योग परिसंघको सम्मान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ मंसिर २०८०
राजस्वमा उच्च योगदान गर्नेहरुलाई नेपाल उद्योग परिसंघको सम्मान

काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवसको अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदाताहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति)लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । 

सम्मानित मध्ये २ वटा सरकारी लगानी रहेका कम्पनीहरु छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो । १४ मध्ये ११ नेपाल उद्योग परिसंघका सदस्यहरु छन् । 

आज परिसंघ सचिवालयमा आयोजित सम्मान कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गरेका हुन् । उनले  उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धी मात्रै नभएर राज्यप्रतिको महत्वपूर्ण योगदान भएको बताए । यो योगदानको कदर गर्दै निजी क्षेत्रको प्रतिनिधिमुलक संस्थाको रुपमा उच्च करदातालाई परिसंघले सम्मान गरेको उनले बताए ।   
 

प्रतिक्रिया दिनुहोस