aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

राजस्थान-छत्तीसगढमा कांग्रेस बाहिरियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ मंसिर २०८०
राजस्थान-छत्तीसगढमा कांग्रेस बाहिरियो

एजेन्सी । भारतको निर्वाचनमा भारतीय जनता पाटी(भाजपा)ले मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा जित हासिल गरेर हिन्दी हार्टल्याण्डमा आफ्नो पकड बलियो बनाएको छ। योसँगै कांग्रेसले तेलंगानामा भारत राष्ट्र समितिलाई सत्ताबाट हटाएको छ। राजस्थानमा भारतीय जनता पार्टीले १९९ सिटमध्ये ११५ सिट जितेको छ । यहाँ कांग्रेसले ६९ र अन्य दल र स्वतन्त्रले जम्मा १५ सिट पाएका छन् ।

 काँग्रेसले हार स्वीकार गर्दै अशोक गहलोतले राज्यपाललाई राजीनामा बुझाएका छन् । यस चुनावमा भाजपाका ३ सांसद र कांग्रेसका १७ मन्त्री पराजित भएका छन् । दुबै पार्टीका ठूला नेताहरू, पूर्व भाजपा प्रदेश अध्यक्ष सतीश पुनिया र विपक्षी नेता राजेन्द्र राठौर पनि हारे। सन् १९९३ देखि राजस्थानमा कुनै पनि दलको सरकार दोहोरिएको छैन ।

कांग्रेसको हारको मुख्य कारण पूर्वी राजस्थानमा पराजय हो। जयपुर डिभिजनका ५० सिटमध्ये कंग्रेसले २०१८ मा ३४ सिट जितेको थियो। तर यसपटक यो संख्यामा उल्लेख्य गिरावट आएको छ । गेहलोतको ग्यारेन्टीको जवाफमा भाजपाले मोदीको ग्यारेन्टी ल्याएको थियो। 

प्रतिक्रिया दिनुहोस