aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एनआरएन सम्मेलनः केसीद्वारा प्रस्तुत प्रतिवेदन फ्लोरबाटै फेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असोज २०७६
एनआरएन सम्मेलनः केसीद्वारा प्रस्तुत प्रतिवेदन फ्लोरबाटै फेल

काठमाडौं। एनआरएनएको ९ औ बिश्व सम्मेलनको पहिलो दिन भएको सत्रमा महासचिव बद्री केसीद्वारा प्रस्तुत प्रतिवेदन फ्लोरबाट विरोध भइ पास नभएको बताइएको छ।

त्यसैगरि कोषाध्यक्ष हिक्मत थापाको आर्थिक प्रतिबेदन पनि फ्लोरले पास नगरेको सम्मेलनमा सहभागी पुस्प थापाले जनाएका छ्न्।

महासचिव केसीले कपोलकल्पित, झुटा र भ्रमित बिषयहरुलाई समेटेर प्रतिवेदन तयार गरेको भन्दै विरोध भएको एक प्रतिनिधीले बताए।

अध्यक्षका लागि वामपन्थी निकट कुमार पन्त र काँग्रेस निकट कुल आचार्य चुनावी मैदानमा छन् । उनीहरु दुबै प्यानलसहित चुनावी मैदानमा होमिएका भएपनी दुबै समुहमा फरक फरक पार्टीमा आस्था राख्ने उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस