
काठमाडौं । अहिले सहर बजारमा जाडोबाट बच्नका लागि धेरैले हिटर प्रयोग गर्ने गरेका छन् । चिसो छल्न मानिसहरू हिटर किन्ने गर्छन् । अहिले बजारमा विभिन्न डिजाइनका हिटरहरू आएका छन् ।
यदि तपाई पनि हिटर किन्ने सोचमा हुनुहुन्छ भने डीएचआईको हिटर उपयुक्त बन्न सक्छ । यो हिटरमा चार सयदेखि १२ सय वाटसम्मको हिट दिन सक्छ । यो हिटर सजिलै घुमाउन सकिन्छ । यो हिटर अन्य कम्पनीको तुलनामा राम्रो र भरपर्दो रहेको कम्पनीको दाबी छ ।
डीएचआईको हिटरको मूल्य सस्तो पनि रहेको कम्पनीले जनाएको छ । यस मूल्य एक हजार पाँच सय रुपैयाँदेखि तीन हजार ८ सय रुपैयाँसम्म पर्छ । यसको सबै जिल्लामा डिलर नेटवर्क रहेकाले ग्राहकले आफूलाई पायक पर्ने नेटवर्कबाट पनि लिन सक्नेछन् ।
नेपाली इलेक्ट्रोनिक्स बजारमा डिजिटल होम इन्टरनेशनल (डीएचआई) एक परिचित ब्राण्ड हो । घरेलु तथा होम इन्टरटेन्मेन्टका उपकरणहरूअन्तर्गत टेलिभिजन, वासिङ मेसिन, रेफ्रिजेरेटर, इन्डक्सन चुलो, राइस कुकर, एयर कुलर, किचन चिम्नी, भ्याकुम क्लिनर र चेस्ट फ्रिजरलगायत डीएचआई ब्रान्डका अन्य घरेलु उपकरणहरू नेपाली बजारमा उपलब्ध छन् ।
डीएचआई डिसहोम ग्रुपको भगिनी संस्था हो । यसले आफ्नै कार्यालय क्षेत्रमा उत्पादन पनि गर्दै आएको छ । जसले स्वरोजगार पनि सिर्जना गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस