
एजेन्सी । भारतको तेलंगानाको मेडक जिल्लामा सोमबार बिहान भारतीय वायुसेनाको ट्रेनर विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ । दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।
जिल्लाको तुपरान मण्डलमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको समयमा विमानमा एक प्रशिक्षक र एकजना ट्रेनी पाइलट रहेको बताइको छ । एक वरिष्ठ प्रहरी अधिकारीले विमान हैदरावाद नजिकैको डुंडीगलस्थित एयर फोर्स एकेडेमीबाट उडेको बताए । एएफए अधिकारी घटनास्थल पुगेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस