aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

विदेशबाट पैसा पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउनू: प्रहरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ मंसिर २०८०
विदेशबाट पैसा पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउनू: प्रहरी

काठमाडौं । नेपाल प्रहरीले विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पैसा पठाउन अनुरोध गरेको छ । प्रहरीले ठगिबाट जोगिन आधिकारिक माध्यमबाट पैसा पठाउन भनेको हो । 

प्रहरीका अनुसार विभिन्न सामाजिक सञ्जालहरूको दुरुपयोग गरी झुटा प्रलोभनमा पारी साइबरजन्य ठगी गर्ने गरेको पाइएको छ । वैदेशिक रोजगारीमा रहेका कतिपय नेपाली नागरिकहरूले केही रकम जोगिने प्रलोभनमा परि अवैध तवरले नेपालमा रकम पठाउने व्यक्तिगत सम्पर्क गरी रकम दिने गरेको पाइएको छ । 

त्यस्ता व्यक्तिले गैर कानुनी रकम बैंक खातामा जम्मा गरिदिने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । यसो गर्दा विदेशका परिश्रम गरेको रकम गैर कानुनी रकममा रूपान्तरण भई कानुनी कारबाहीको भागीदार हुनु पर्ने अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ ।      

 

 

प्रतिक्रिया दिनुहोस