aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आर्थिकन्यूजको अंग्रेजी संस्करण सम्पादकमा ढुंगाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ मंसिर २०८०
आर्थिकन्यूजको अंग्रेजी संस्करण सम्पादकमा ढुंगाना

काठमाडौं । आर्थिकन्यूजको अंग्रेजी संस्करण सम्पादकमा निर्जल ढुंगाना नियुक्त भएका छन्‌ । ढुंगानालाई मिडिया आइ प्राइभेट लिमिटेडका अध्यक्ष इन्द्र बानियाँ र प्रधानसम्पादक सीताराम भट्टराईसहित आर्थिकन्यूज परिवारले कार्यालयमा स्वागत गरेको हो ।

विगत दुई दुई दशकदेखि पत्रकारितामा सक्रिय ढुंगानासँग यसअघि झण्डै एक दर्जन सञ्‍चारमाध्यममा काम गरेको अनुभव छ । बिजनेश एजबाट पत्रकारिता शुरु गरेका ढुंगानाले यसबीच नेपालकै पहिलो न्यूज पोर्टल नेपालन्यूज, रिपोर्टर्सनेपालडटकम र ईसीएस म्यागेजिन लगायतमा काम गरिसकेका छन्‌ । उनले नेपाल-चीन समाजद्वारा प्रकाशित विभिन्न प्रकाशनको भाषा सम्पादन पनि गरेका छन्‌ ।

आर्थिकन्यूजका अध्यक्ष बानियाँले ढुंगानाको सहभागिताले आर्थिकन्यूजका कन्टेन्टको दायरा अंग्रेजीभाषी र आधुनिक पुस्ताको पहुँचसम्म थप विस्तार हुने अपेक्षा गरिएको बताए । प्रधानसम्पादक भट्टराईले समाचार कक्षमा दुई दशक लामो अनुभव हासिल गरेका ढुंगानाको उपस्थितिले आर्थिकन्यूज थप प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

अंग्रेजी संस्करण सम्पादकमा नियुक्त ढुंगानाले पत्रकारितामा आफूले आर्जन गरेको अनुभव र सीपमार्फत आर्थिकन्यूजडटकमलाई पत्रकारितामा थप नवीन उपलब्धि हासिल गराउनतर्फ प्रयत्न गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस