aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आज यी प्रदेशहरुमा हिमपात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ मंसिर २०८०
आज यी प्रदेशहरुमा हिमपात

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको  उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव  रहेको छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको भइरहेको छ। साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात भइरहेको छ।

मंगलबार दिउँसो : कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

राती :  कोशी, मधेश, बागमती र गण्डकी  प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधबार दिउँसो : कोशी, मधेश र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती :  कोशी, मधेश र बागमती  प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस