aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

टिकटकको प्रतिबन्ध हटाउने प्रचण्डले गरे संकेत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ मंसिर २०८०
टिकटकको प्रतिबन्ध हटाउने प्रचण्डले गरे संकेत

काठमाडौँ  । प्रधानमन्त्री प्रचण्डले टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने संकेत गरेका छन् । टिकटक माथी प्रतिवन्ध हटाउन उत्तरी छिमेकी चीनले कुटनीतिक दवाव नै दिएको भन्ने समाचारहरु प्रकशित भइरहेको बेला उनले यस्तो संकेत गरेका हुन्  ।

सोमबार पत्रकारहरुसँगको छलफलको क्ररममा उनले यस्कातो खुलासा गरेका हुन्  । सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको हुनाले  त्यसमा टिकटकमाथि नियमनको प्रावधान राख्न सकिने उनको भनाइ छ । ‘विधेयक आउँदै छ । त्यसमा नियमन गर्ने प्रावधान राख्न सकिन्छ,’ उनले भनेका छन् । 

प्रचण्डले टिकटक सधैँका लागि बन्द गर्ने आफ्नो र सरकारको नियत नभएको समेत बताएका छन्  । आफ्नो इच्छामा भन्दापनि प्रमुख प्रतिपक्षी एमालेका अध्यक्षदेखि सत्तागठबन्धनका नेताहरूले पटक–पटक टिकटक बन्द गर्न सुझाएको कारण यस्तो निर्णयमा पुगेको उनले बताएका हुन्   । 

त्यसको दोष एमालेलाई थुपार्ने प्रयास गर्दै उनले अगाडी थपे, ‘दलहरूको बैठक बस्यो कि नेताहरूले यो बन्द गरौँ भन्ने । एमाले अध्यक्षले त यो टिकटकले देश बर्बाद गर्न थालिसक्यो भन्नुभयोे  ।’ टिकटक बन्दगर्ने आफ्नो रहर र इच्छा थिएन भन्ने थप प्रष्ट्राउँदै उनले भने, ‘सुरुमा त मैले विवाद हुन्छ भनेर दुई–तीन महिना पर नै सारेको हो । तर, पछि आफूलाई पनि साँच्चिकै विचलन ल्यायो कि भन्ने लाग्यो । त्यसैले हाललाई बन्द गरौँ भन्ने भएर गरिएको हो ।’ 

प्रतिक्रिया दिनुहोस