aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आर्थिक अवस्थाबारे प्रधानमन्त्रीको ठम्याई - 'बाहिर एउटा छ भित्र अर्कै'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ मंसिर २०८०
आर्थिक अवस्थाबारे प्रधानमन्त्रीको ठम्याई - 'बाहिर एउटा छ भित्र अर्कै'

काठमाडौँ  । मुलुकको कार्यकारी प्रमुख नै देशको आर्थिक अवस्था बारे अनविज्ञ रहेको देखिएको छ  । अर्थतन्त्र ठिकठाक छ भन्ने मन्त्री र कर्मचारीको रिपोर्टिङ पत्याउँदै आएका उनले पहिलो पटक सोमबार पत्रकारहरू समक्ष भित्री अवस्था ठिकठाक नरहेको स्वीकार गरेका छन्  ।

आफ्नो सरकार आर्थिक सङ्कट समाधानमा केन्द्रित भएको बताउँदै उनले त्यसका लागि राष्ट्रिय स्तरको छलफलको तयारी भइरहेको जानकारी पनि दिए । उनले आफ्नो ठहर सुनाउँदै भने, ‘एक पटक आर्थिक ‘एजेन्डा’मा धक्का दिएर अर्थतन्त्रमा सुधार ल्याउन सकियो भने मुलुक राम्रोसँग अघि बढ्छ ।'  यसका लागि सरकारले सरोकारवालासँग लगातार छलफल गरिरहेको पनि उनले बताए । 

बाहिर हेर्दा आर्थिक सङ्कट हट्दै गएजस्तो देखिने, तर भित्र अवस्था ठिकठाक नदेखिने उनको भनाइ छ । राम्रोको तथ्य पेश गर्दै उनले भने, ‘वैदेशिक मुद्राको सञ्चिति राम्रो देखिन्छ, पर्यटक इतिहासमै धेरै आए भन्ने छ, रेमिट्यान्स अवस्था पनि राम्रै देखिन्छ । '‘तर, सटर बन्द भएका भयै छन्, त्यसैले एक पटक फेरि गम्भीर रूपमा छलफल गर्दै छौँ ।’ नराम्रो अवस्था बारे पनि उनी बोले  ।  लघुवित्त, सहकारीसम्बन्धी नीति, बैंकको ब्याजलगायतमा सरकारले धेरै राम्रा निर्णय गरेको उनको दाबी थियो । 

 

 

प्रतिक्रिया दिनुहोस