aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

भारतमा चक्रवातले मच्चायो ताण्डव, ८ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ मंसिर २०८०
भारतमा चक्रवातले मच्चायो ताण्डव, ८ जनाको मृत्यु

एजेन्सी । भारतको आन्ध्र प्रदेशमा डिसेम्बर २ मा खाडीबाट उत्पत्ति भएको चक्रवात मिचोङ आज दिउँसो १ बजे आन्ध्र प्रदेशको बापटला नजिक नेल्लोर–मछिलीपट्टनमको बीचमा ठोक्किनेछ । मौसम विज्ञान विभागका अनुसार यस अवधिमा ९० देखि ११० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो । 

चक्रवातलाई लिएर आन्ध्र प्रदेशमा उच्च सतर्कता अपनाइएको छ । राज्य सरकारले तिरुपति, नेल्लोर, प्रकाशम, बापटला, कृष्णा, पश्चिम गोदावरी, कोनासीमा र काकीनाडा जिल्लाहरूमा रेड अलर्ट जारी गरेको छ। यी ८ जिल्लामा एनडीआरएफ र एसडीआरएफका ५–५ टोली तैनाथ छन् । यसका साथै कोस्ट गार्ड, आर्मी र नेवीका जहाज र विमानलाई तयारी अवस्थामा राखिएको छ ।

 आइतबार–सोमबार आएको आँधीले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ । १६ घण्टा बन्द रहेको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सुरु भएको छ । गत नोभेम्बर ४ मा धावनमार्गमा पानी जमेका कारण करिब ७० उडान रद्द गर्नुपरेको थियो । ३० उडानहरू बेंगलुरुमा डाइभर्ट गरियो।

प्रतिक्रिया दिनुहोस