aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, बिटक्वाइनले पनि ततायो मार्केट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ मंसिर २०८०
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, बिटक्वाइनले पनि ततायो मार्केट

एजेन्सी । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनायो। प्रतिऔँस २१०० अमेरिकी डलर भन्दा बढीमा सुनको कारोबार हुँदा त्यो सर्व कालीन उच्च बिन्दुमा पुगेको थियो। त्यसैगरी बिटक्वाइनले ४० हजार डलरको मनोवैज्ञानिक स्तर तोडेको छ। यससँगै बिटक्वाइन मूल्य यो वर्षको अन्त्यसम्ममा ५० हजार डलर पुग्छ भन्ने धेरैको पुर्व अनुमान वास्तविक बन्ने सम्भावना बढेको छ।

यो उल्लेखनीय वृद्धिका धेरै कारकहरू छन्। विशेष गरी फेडरल रिजर्भको प्रत्याशित ‘डोभिस पिभोट’ र डलरको घट्दो मूल्य यसका खास कारणहरू हुन् । लगानीकर्ताहरूले फेडरल रिजर्भ अध्यक्ष जेरोम पावेलको टिप्पणीमा सकारात्मक प्रतिक्रिया दिए । घट्दो ब्याजदरका कारण सुनको आकर्षण बढ्दै जाँदा यो बहुमूल्य धातुले आफूलाई थप उचाइमा पुर्‍याउन सक्ने देखिन्छ।

फेडरल रिजर्भ लगायतका प्रमुख केन्द्रीय बैंकहरूले मुद्रास्फीति विरुद्धको लडाइँमा सफलता पाइरहेका छन् भन्ने विश्वासबाट लगानीकर्ताहरूले उत्साहका साथ यस्ता सम्पत्तिहरू अँगालेका छन्। यसै बेला अन्तर्राष्ट्रिय शेयर बजारमा पनि नयाँ उत्साह देखिएको छ । नोभेम्बर महिनामा मात्र पनि स्टक बजारमा एक बलियो वृद्धि देखियो । यस बेला एसएण्डपी ९ प्रतिशत  ले बढ्यो । नास्डक्यु ११ प्रतिशत लाभ सहित अगाडी बढ्यो। सम्भावित ब्याज दर कटौती र अधिक अनुकूल मौद्रिक नीति आउने आशाले यस्तो गरिएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस