aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

रूस र पूर्वी एसियाली मुलुक लाओस द्विपक्षीय सहयोग बढाउन सहमत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ मंसिर २०८०
रूस र पूर्वी एसियाली मुलुक लाओस द्विपक्षीय सहयोग बढाउन सहमत

एजेन्सी । रूस र पूर्वी एसियाली मुलुक लाओस द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् । लाओस र रूसले लाओको राजधानी भेन्टियानमा व्यापार, आर्थिक, वैज्ञानिक र प्राविधिक द्विपक्षीय सहयोगसम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेका हुन्‌ ।

सो समझदारीले बैंकिङ, वित्त, उद्योग, यातायात, ऊर्जा, स्वास्थ्य सेवा र अन्य विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगको आशाजनक नयाँ क्षेत्रहरू पहिचान गर्ने दाबी छ । रूसी प्रतिनिधिमण्डलले आर्थिक(व्यापारिक तथा वैज्ञानि-(प्राविधिक सहयोग बढाउँने उद्देश्यले लाओसको भ्रमण गरेको थियो ।

अन्तरसरकारी लाओ-रूसी आयोगको १७ औँ सत्र जुन नोभेम्बर २९-३० सम्म भएको थियो । सत्रमा रूसी प्रतिनिधि मण्डलले द्विपक्षीय व्यापार प्रवर्धनमा विशेष चासो दिएको थियो ।

दुई देश नयाँ व्यापार र आर्थिक साझेदारीको खोजी गर्न र खाद्यान्न शृङ्खला पुनर्निर्माण गर्न इच्छुक रहेको पाइएको छ । जलविद्युत, शान्तिपूर्ण आणविक ऊर्जा र चिकित्सा उपकरणको आपूर्तिका क्षेत्रमा समेत संयुक्त लगानीका परियोजनाहरूको सङ्ख्या बढाउने दुई देशको योजना छ ।

लाओसले म्यानमार, थाइल्याण्ड, कम्बोडिया, भियतनाम र चीनसँग सीमा साझेदारी गर्छ ।

प्रतिक्रिया दिनुहोस