aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० असोज २०७६
गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा

काठमाडौं । सन् २०२० देखि सञ्चालमा ल्याउने गरी काम भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ । तीन किलोमिटर धावनमार्ग निर्माण सकिएको छ । प्राशसनिक भवन पनि अन्तिम चरणमा पुगेको छ । मार्वल बिछ्याउने तथा टायल्स लगाउने काम भइरहेको छ । टर्मिनल भवनमा मार्वल, टायल, सीसीटिभी, एक्स–रे मेसिन जडानलगायत काम सुरु भइसकेको छ । 

आगमन तथा प्रस्थान भवनको छानो लगाउने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुशार विमानस्गल सञ्चालनका लागि आवश्यक संरचना निमार्ण अन्तिम अवस्थामा छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस