एजेन्सी । भारतको मध्य प्रदेश, राजस्थान, छत्तीसगढ र तेलंगानामा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी (बीजेपी)का २१ सांसदलाई उम्मेदवार बनाएको थियो। जसमध्ये १२ सांसदले चुनाव जितेका छन् भने ९ हारेका छन् ।
१२ विजयी सांसदहरूमध्ये, ११ ले बुधबार लोकसभा सांसद पदबाट राजीनामा दिएका छन। राजस्थानबाट मात्रै चुनाव जितेका बालकनाथले अहिलेसम्म राजीनामा दिएका छैनन् ।
संसदको सदस्यता त्यागेकामा मध्य प्रदेशका नरेन्द्र सिंह तोमर, प्रह्लाद सिंह पटेल, राकेश सिंह, उदय प्रताप र रीती पाठक रहेका छन् । अरुण साओ, रेणुका सिंह र गोमती साई छत्तीसगढका छन् भने राज्यवर्धन सिंह राठौर, दिया कुमारी र किरोरी लाल मीना राजस्थानका छन्।
प्रतिक्रिया दिनुहोस