काठमाडौं । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत बैतडीका प्रताप सिंह थापाले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । स्थानिय डिलरदाई ध्वजबहादुर थलालको समन्वयमा देहीमाण्डौ बैतडीमा एक कार्यक्रमको आयोजना गरि थापालाई एक लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।
दशरथचन्द नगरपालिका बैतडीका मेयर पुष्कर राज जोशी, डिश मिडिया नेटवर्कको तर्फबाट सिनियर सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जाशीले नगद एक लाख हस्तान्तरण गरेका हुन् । डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया दिनुहोस