aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ मंसिर २०८०
सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज २ सय रुपैयाँले बढेको हो ।    

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १८ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँ रहेको छ ।                        

त्यस्तै, आज चाँदीको भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४८० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।                             
 

प्रतिक्रिया दिनुहोस