aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

हिन्डनबर्गको आरोपमाथि अडानीले जित्यो मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ मंसिर २०८०
हिन्डनबर्गको आरोपमाथि अडानीले जित्यो मुद्दा

एजेन्सी । अमेरिकी सरकारी एजेन्सीले हिन्डनबर्ग रिसर्चले अडानी समूहमाथि लगाएको आरोपलाई अस्वीकार गरेको छ । समाचार एजेन्सी ब्लुमबर्गको एक रिपोर्टका अनुसार अमेरिकी सरकारी एजेन्सीले सर्ट सेलर हिन्डनबर्ग रिसर्चको अदानी समूह विरुद्धको आरोपलाई निच देखाएको थियो । यसपछि अदानी समूहको शेयरमा २० प्रतिशतसम्मको ठूलो उछाल देखिएको छ । यस्तै, अदानी ग्रीन इनर्जीको शेयरमा १७ प्रतिशतसम्मको वृद्धि देखिएको छ ।

अदानी ग्रीन एनर्जी लिमिटेडले मंगलबार फन्डिङ प्लान पनि घोषणा गरेको छ। कम्पनीले फाइनान्सिङ फ्रेमवर्कलाई ३ अर्ब डलर पु¥याउन १ अर्ब ३६ करोड डलरको फलो(अन फन्डिङ प्लान घोषणा गरेको छ । यसलाई शीर्ष अन्तर्राष्ट्रिय बैंकहरूको कन्सोर्टियम द्वारा समर्थित छ।

नोभेम्बर २४ मा, अमेरिकाको सर्वोच्च अदालतले हिन्डनबर्ग अनुसन्धानको आरोप र जर्ज सोरोसद्वारा वित्त पोषित समूहको रिपोर्टसँग सम्बन्धित मुद्दामा मुदाहरू विरुद्ध कडा प्रश्नहरू पनि सोधेको थियो। यी रिपोर्टहरूमा अडानी समूहलाई निशाना बनाइएको थियो ।

ुब्लुमबर्गु ले एक वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै भनेका छन, ‘इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनले श्रीलंकामा कन्टेनर टर्मिनल परियोजनाका लागि ५५३ मिलियन डलर ऋण दिनु अघि अडानी समूह विरुद्धको आरोपहरूको आफ्नै स्तरमा अनुसन्धान गरेको थियो। अनुसन्धानले हिन्डनबर्गका आरोपहरू अप्रासंगिक थिए भनेर फेला पारे।

प्रतिक्रिया दिनुहोस