काठमाडौं । पछिल्लो वर्षमा नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता स्वातै बढेको नेपाल राष्ट्र बैंकको नयाँ अध्ययनले देखाएको छ । ‘नेपालमा वित्तीय पहुँचको स्थिति’ नामक अध्ययनअनुसार नेपालमा २०७६ असार मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ८३ लाख ४६ हजार १८७ पुगेको छ, जुन ३ वर्षअघि १७ लाख ५४ हजार ५६६ थियो।
नेपाल राष्ट्र बैंकले बैंकमा खाता खोल्ने ग्राहकलाई अनिवार्य मोबाइल बैंकिङ सेवा दिनुपर्ने नियम बनाएकाले मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढेको बैंकरहरू बताउँछन् ।
‘अहिले बैंकमा खाता खोलेपछि ग्राहकलाई अनिवार्य रूपमा मोबाइल बैंकिङ सेवा दिनुपर्छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल भन्छन् । त्यस्तै, स्मार्टफोनको बढ्दो प्रयोग, सूचना प्रविधिमा आधारित बैंकिङ सेवाको विस्तारले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको प्रयोग नेपालमा बढ्दै। गएको बैंकरहरूको भनाइ छ ।
अध्ययनअनुसार २०७६ असारसम्ममा नेपालमा इन्टरनेट बैंकिङ प्रयोगकर्ता संख्या ९ लाख १७ हजार ३४४ पुगेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस