aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सुनका गहना र नगद चोरी गर्ने तीन जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ मंसिर २०८०
सुनका गहना र नगद चोरी गर्ने तीन जना पक्राउ

काठमाडौं । सुनका गहना र नगद चोरी गर्ने तीन जना पक्राउ परेका छन् । सुनका विभिन्न गरगहना तथा नगद गरी जम्मा १३ लाख ५० हजार रूपैयाँ चोरी गरेको अभियोगमा ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ पक्राउ छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका ८ तलगंगा बस्ने भारत बिहार घर भएका २१ वर्षीय कृष्ण पोदार, भारत मोतीहारी राजापुर घर भएका १९ वर्षीय फ्रुटी भन्ने किसन गिरी र नागार्जुन नगरपालिका ६ सितापाईला घर भएका ३० वर्षीय बिक्रम गर्तौला रहेका छन् ।

काठमाडौं महानगरपालिका ९ गौशला बस्ने बाल कृष्ण श्रेष्ठको घरबाट गत कात्तिक ५ गते राति उक्त गरगहना तथा नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौं सिनामंगल शम्भुमार्गबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप कारवाही तथा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस