aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

विप्लव समूहको बैठकस्थलमा प्रहरीको धावा, विप्लवका दाजुसहित २१ पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० असोज २०७६
विप्लव समूहको बैठकस्थलमा प्रहरीको धावा, विप्लवका दाजुसहित २१ पक्राउ

दाङ । दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यहाँ विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले गएराति १ः०० बजे उनीहरुलाई पक्राउ गरिएको हो ।
 
पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द -वीरजङ्ग , केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास बाठा, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको हो । चन्द ‘विप्लव’ का दाजु हुन् ।

प्रतिक्रिया दिनुहोस