aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

'भारत अझै धेरै गरिब देश, उन्नत देश बन्न १८ वर्ष लाग्छ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २३ मंसिर २०८०
'भारत अझै धेरै गरिब देश, उन्नत देश बन्न १८ वर्ष लाग्छ'

एजेन्सी ।  भारतको ८ प्रतिशत जीडीपी वृद्धिले उन्नत देश बन्द१६ देखि १८ वर्ष लाग्ने इन्फोसिसका सह-संस्थापक एनआर नारायण मूर्तिले बताएका छन् ।  यसअघि हप्तामा ७० घण्टा काम गर्ने र त्यसपछि ३ सिफ्टमा काम गर्ने सल्लाह दिएपछि मूर्तिले यसपटक भने भारतमा अझै धेरैक्षेत्र भएको बताए । 

उनले प्रतिव्यक्ति २ हजार ३ सय डलर कमाउने गरिब देश भारत भएको बताए । मध्यम आय भएको देश बन्नको लागि हाम्रो प्रतिव्यक्ति आय ८,००० देखि १०,००० हुनुपर्छ। यो हासिल गर्न ८ वार्षिक वृद्धि दरमा पनि १६ देखि १८ वर्ष लाग्नेछ।

इन्फोसिसका सह-संस्थापक एनआर नारायण मूर्तिले भारतीय युवालाई हप्तामा ७० घण्टा काम गर्ने सल्लाहको विवादबाट आफू चिन्तित नभएको बताएका छन् । मूर्तिले उत्पादकत्व र प्रतिस्पर्धा बढाउन युवाले हप्तामा ७० घण्टा काम गर्नुपर्ने बताए ।

उनले सन् १९८१ मा इन्फोसिस स्थापना गर्न आफूले लामो समय काम गरेको बताए । ४० वर्षको पेशागत करियरमा हरेक हप्ता ७० घण्टा काम गरेको मूर्तिले बताए । ७७ वर्षीय मूर्तिले इकोनोमिक टाइम्सलाई भने, ‘म बिहान ६ः२० मा अफिस पुग्नेहुने र राती ८:३० मा अफिसबाट निस्कने र हप्ताको छ दिन काम गर्छु ।  

यो काम नैतिकता आफूमा छिट्टै बसेको उनले बताए । मूर्तिले थपे, 'मेरा आमाबुवाले मलाई जीवनको सुरुमै भन्नुभएको थियो कि गरिबीबाट उम्कने एकमात्र उपाय भनेको कडा परिश्रम र कडा परिश्रम हो। अवश्य पनि, यो सूत्र पछ्याउँदा प्रत्येक घण्टा राम्रो उत्पादकता हुन्छ।'

प्रतिक्रिया दिनुहोस