काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मङ्सिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रूपैयाँको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्ताव लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि पुस २० गते २७औं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले दिएको छ । बुक क्लोजको आधारमा पुस ५ गते बिहीवारसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले अघिल्ला दुई आर्थिक वर्षपछि कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । पछिल्ला तीन आर्थिक वर्ष कम्पनीले निरन्तर १५ प्रतिशत लाभांश वितरण गरेको हो । यस वर्ष कम्पनीले बोनस शेयरमा जोड दिएको छ । अघिल्ला दुई आर्थिक वर्ष कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस