
एजेन्सी । गुट्खा कम्पनीको विज्ञापन खेलेका भारतका तीन चल्तीका अभिनेता (हिरो) समस्यामा परेका छन् । केन्द्र सरकारले गुट्खा चपाउँदै विज्ञापन खेलेका शाहरुख खान, अक्षय कुमार र अजय देवगनका नाममा नोटिस (तारिक) लगाएको हो ।
उच्चस्तरीय प्रतिष्ठा र पुरस्कार प्राप्त गरेर पनि गुट्खा कम्पनीका लागि विज्ञापनमा खेलेका अभिनेता र सेलिब्रेटीहरुलाई कारबाही गर्नुपर्ने भन्दै याचिका (निवेदन) परेको थियो । सो याचिकाको जवाफ दिँदै केन्द्र सरकारले इलहावादको लखनऊ बेञ्चमार्फत ती अभिनेताउपर नोटिस पठाइएको बताएको छ ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार केन्द्र सरकारले गुट्खाको विज्ञापन मामिलामा सर्वोच्च अदालतमा समेत सुनुवाई चलिरहेकाले उच्च अदालतमा पेश गरिएको याचिका खारेज गर्नुपर्ने जवाफ दिएको थियो । तर उच्च अदालतले यो मामिलामा सन् २०२४ को मे ४ मा सुनुवाई गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस