काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भरियासहित १४ किलो सुन समातिएको दुई दिनभित्रै पुनः साढे ६ किलो सुन बरामद भएको छ । फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत ११ः५१ मा काठमाडौं अवतरण गरेका सुडानसहित केही देशका नागारिक साढे ६ किलो सुनसहित पक्राउ परेका हुन् ।
भन्सार चाँजपास गरी बाहिरिइसकेको सुन प्रहरीले पक्राउ गरेको हो । सुनसहित सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ ।
विमानस्थल परिसरमा रहेको सीसी क्यामेरा फूटेज विश्लेषण गरी प्रहरीले इजिप्टका नागरिकसँगै थप दुई सुडानीलाई पनि नियन्त्रणमा लिएको छ ।
बिहीबार बेलुकी पौने १२ बजे १४ केजी सुनसहित समातिएका गोरखाका चन्द्र घले पनि फ्लाई दुबईको यही विमानबाट काठमाडौंमा अवतरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस