
एजेन्सी । सन् २०२३ को पहिलो ११ महिनामा श्रीलंकाका आप्रवासी कामदारहरूले ५.४ अर्ब अमेरिकी डलर पठाएको यहाँको केन्द्रीय बैंक (सीबीएसएल) ले जारी गरेको एक तथ्यांकले देखाएको छ ।
कामदारहरूले नोभेम्बरमा ५३ करोड ७३ लाख अमेरिकी डलर विप्रेषण पठाएका छन्, जुन गत वर्षको सोही महिनाको ३८ करोड ४० लाखको डलरको तुलनामा ४० प्रतिशतले बढी हो, सीबीएसएलको तथ्यांकमा उल्लेख छ ।
कामदारहरूले सन् २०२२ को पहिलो ११ महिनामा ३.३ अर्ब डलर पठाएको बैंकको तथ्यांकले देखाएको छ । प्रवासी कामदारले पठाउने रकम श्रीलंकाका लागि विदेशी मुद्रा आर्जनकोे एक प्रमुख स्रोत हो ।
सन् २०२३ को नोभेम्बर महिनाको अन्त्यसम्म २७ लाख पाँच हजार श्रीलंकालीहरू वैधानिक रूपमा वैदेशिक रोजगारीका लागि विदेश गएका विदेशमन्त्री अली साब्रीले बिहीबार संसद्मा बताए ।
प्रतिक्रिया दिनुहोस