aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

इरानबाट १३ हजार अवैध अफगान आप्रवासी निष्कासित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ मंसिर २०८०
इरानबाट १३ हजार अवैध अफगान आप्रवासी निष्कासित

एजेन्सी । खोरासान रजावीका सीमा सुरक्षा कमाण्डर माजिद शोजाइले १३ हजार २०४ ‘अवैध’ अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासन गरिएको बताएका छन्‌ ।

खामा प्रेसले उल्लेख गरे अनुसार शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा शोजाईले ‘अवैध’ आप्रवासीहरूलाई निष्कासन गरिनु पर्नेमा जोड दिनु भएको छ । 

उनले ‘गैरकानूनी रूपमा देश प्रवेश गर्न चाहने वा गैरकानूनी रूपमा यहाँ बसिरहेका अफगान नागरिकहरूलाई पक्राउ गरी निष्कासन गरिने’ बताएका छन्‌ ।

पछिल्ला महिनाहरूमा इरान र पाकिस्तानबाट अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रियाले तीव्रता पाएको छ । हालै इरानका आन्तरिक मामिला मन्त्रीले चार लाख अफगानी आप्रवासीलाई देशबाट निष्कासन गरिएको घोषणा गरेका थिए ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका अनुसार इरानमा बसोबास गर्ने जनसङ्ख्याको ६ प्रतिशत अफगानी नागरिक छन् ।

प्रतिक्रिया दिनुहोस