aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

तारा एअरको विमानको ढोका आकाशबाटै खस्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ मंसिर २०८०
तारा एअरको विमानको ढोका आकाशबाटै खस्यो

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलतर्फ उडान भरेको तारा एअरको आकस्मिक ढोका आकाशबाटै गायब भएको छ । 

काठमाडौंबाट बिहान साढे ९ बजे लुक्लातर्फ उडेको 9N-ALO कलसाइनको तारा एअरको सो विमानले दुई यात्रु र कार्गो सामान बोकेको थियो । आइतबार बिहान १० बजे लुक्ला विमानस्थलमा अवतरण गरेपछि मात्रै विमानको आकस्मिक ढोका उडानकै क्रममा खसेको थाहा भएको हो ।

जहाजको आकस्मिक ढोकातर्फ प्लाईउडका पाता र थुप्रै सामान कोचिएका कारण ढोका खसेको थाहा नभएको चालकदलका सदस्यहरूले बताएका छन्‌ । नागरिक उड्ययन प्राधिकरणले आकाशमै ढोका खसेको ताराको जहाज ग्राउन्डेड गराई अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस