aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल र इक्वेटोरियल गिनीबीच सम्बन्ध स्थापना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ बैशाख २०७६
नेपाल र इक्वेटोरियल गिनीबीच सम्बन्ध स्थापना

भूमध्यरेखा र गिनीको खाडी नजिक रहेको अफ्रिकी देश इक्वेटोरियल गिनी र नेपालबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।    
    
 मङ्गलबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको एक सङ्क्षिप्त कार्यक्रममा दुई राष्ट्रपछि दौत्य सम्बन्ध स्थापना भएको हो । यो सँगै नेपालको १६५ देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।    
    
 संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र इक्वेटोरियल गिनीका स्थायी प्रतिनिधि क्रमशः अमृतबहादुर राई र एन्टोनियो डङ बाले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्तपत्रका हस्ताक्षर भएके हे ।    
    
 नेपाल र इक्वेटोरियल गिनीबीच दौत्य सम्बन्ध स्थापना भएको जानकारी महासचिव एण्टोनियो गुटरेसलाई दिइएको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।    

प्रतिक्रिया दिनुहोस