
काठमाडौं । बिवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक साईमेक्स इंक प्रालीले विभिन्न ठाउँमा चार्जर जडान गरेको छ । कम्पनीले देशका मुख्य मुख्य स्थानहरुमा ११ डीसी फास्ट चार्जर जडान गरेको हो ।
नयाँ जडित डीसी फास्ट चार्जर देशका मुख्य शहरहरु, पोखरा, नेपालगंज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा राखिएको छ । यी चार्जरहरु मध्ये १० ओटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिने छ भने मुलकोटमा जडित चार्जर भने ६० किलोवाटको फास्ट चार्जर बाट सुसज्जित छ ।
यसरी साईमेक्सद्धारा पहिलेनै विभिन्न स्थानमा जडान गरिसकिएका ४० किलोवाटका १४ फास्ट चार्जर नेटवर्कलाई थप विस्तार गरिएको हो । यी चर्जिङ्ग पुर्वाधारहरुको सर्वसुलभ र व्यापक स्थापनाले, सवारी साधनमा दिगो समाधान खोज्ने कम्पनीको प्रतिबद्धतालाइ अझै स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस