aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

खाडी मुलुक कतार जाने कामदारले न्यूनतम पारिश्रमिक पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० असोज २०७६
खाडी मुलुक कतार जाने कामदारले न्यूनतम पारिश्रमिक पाउने

काठमाडाैं । कतारले सबै देशका कामदारलाई समानरुपमा लागू हुने गरी न्यूनतम पारिश्रमिक तोक्ने कानून बुधबार पारित गरेको छ। उक्त कानून आउँदो जनवरीदेखि कार्यान्वयनमा आउने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

बुधबार बसेको कतारको मन्त्रिपरिषद् बैठकले विदेशी कामदारको न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको हो।

पारित मस्यौदालाई सुरा काउन्सिलमा पेश गरिएको छ। प्रशासनिक विकास, श्रम र सामाजिक मामिलामन्त्री युसुफ मोहम्मद अल ओथमान फक्ह्रोले मन्त्रिपरिषदको निर्णयलाई तुरुन्तै कार्यान्वयनमा ल्याइने बताए।

कतारमा करिब चार लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेका छन्।

प्रतिक्रिया दिनुहोस