aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

बञ्चरो प्रहार गरि ५० वर्षीया सन्तमायाको हत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० असोज २०७६
बञ्चरो प्रहार गरि ५० वर्षीया सन्तमायाको हत्या

मकवानपुर । बकैया गाउँपालिका ३ जलजलेका ५० वर्षीय सुकबहादुर पाख्रिनले अन्धाधुन्ध बञ्चरो प्रहार गर्दा छिमेकी ५० वर्षीया सन्तमाया लो को मृत्यु भएको छ । आपसी झगडामा बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी लोको उपचारका क्रममा चुरेहिल अस्पताल हेटौंडामा मृत्यु भएको हो ।

मृतकका श्रीमान ५५ बर्षीय काल बहादुर लो र स्थानीय २६ बर्षीया दिधिमाया मोक्तान घाइते भएको र उनीहरुको पनि चुरेहिल अस्पतालमै उपचार भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए।

हत्यामा संलग्न पाख्रिनलाई हतियारसहित पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस