aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

यौन दुर्व्यवहार गरेको अरोपमा सई पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० असोज २०७६
यौन दुर्व्यवहार गरेको अरोपमा सई पक्राउ

नेपालगञ्ज । प्रदेश प्रहरी तालिम केन्द्रभित्रै युवतीमाथि यौन दुर्व्यवहार भएको भन्दै उजुरी परेको छ ।

आइतबार अपरान्ह ३ बजे नेपालगञ्जस्थित महिला ब्यारेकभित्र प्रशिक्षार्थीमाथि यौन दुर्व्यवहारको प्रयास भएको प्रहरीमा उजुरी परेको हो ।

घटनामा संलग्न रहेको आरोपमा तालिम केन्द्रमै कार्यरत नायब निरीक्षक (सई) बमबहादुर राना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी वीरबहादुर वलीले पुष्टि गरेका छन् । उनले भने, ‘पीडितले जाहेरी दिनु भएपछि पक्राउ गरेर अनुसन्धान थालेका छौं ।’

प्रतिक्रिया दिनुहोस