aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एनआरएनएको अध्यक्षमा नेकपाको समर्थन पाएका पन्त विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ कार्तिक २०७६
एनआरएनएको अध्यक्षमा नेकपाको समर्थन पाएका पन्त विजयी

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को राजधानीमा जारी नवौं विश्व सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ ।  एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी भएका  छन्।  

पन्तले कुल आचार्यलाई पराजीत गरेका हुन् । सत्तारुढ दल नेकपाको समर्थन पन्तलाई थियो भने विपक्षी दल नेपाली कांग्रेसको आचार्यलाई समर्थन रहेको थियो । त्यस्तै संघको सचिवमा गौरीराज जोशी, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन्।  यद्यपि, मतपरिणामको आधिकारिक घोषणा भने हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस