aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नगदसहित १४ जुवाडे पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ कार्तिक २०७६
नगदसहित १४ जुवाडे पक्राउ

काठमाडाैं । कपिलवस्तु नगरपालिका– २ बर्गदवा स्थित जुवाको खालमा प्रहरीले छापा हानेर ३ लाख ४५ हजार नगदसहित १४ जनालाई नियन्त्रणमा लिएको छ ।

बिहीवार राति २ बजे वडा कार्यालयका प्रहरी टोलीले अशोक कहारको घरमा खेलाइएको जुवाका खालबाट उनिहरूलाइ पक्राउ गरेकाे जनाएकाे छ ।

जुवाको खालबाट ३ लाख ४५ हजार नगद, १४ जुवाडे, तास बरामद गरिएको प्रहरी नायव उपरीक्षक सुनिल मल्ले जानकारी दिए । पक्राउ परेकोहरुलाई रातभर वडा कार्यालयमा राखिएको र बिहान १० बजेतिर उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लगि अावश्यक कारवाही भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस