aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सासु ससुराले घरबाटै अन्मादिए बुहारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ कार्तिक २०७६
सासु ससुराले घरबाटै अन्मादिए बुहारी

माेरङ । मोरङको केराबारी ९ भलुवाका कुवेरप्रसाद पोख्रेलका परिवारले आफ्नी एकल बुहारीको घरबाटै विवाह गरिदिएका छन् । २०६७ साल असार १४ गते २४ वर्षको अल्पायुमै कुवेरप्रसादको एक्लो छोरो पुण्यप्रसाद पोख्रलको निधन भएपछि एकल बनेकी बुहारी सुनिता पोख्रेललाई छोरी सरह उनीहरुले विवाह गरिदिएका हुुन् ।

दशवर्ष अगाडी एकल भएकी सुनिताको सासु ससुराले गाउँका आफन्त तथा भद्रभलादमी सबै बोलाएर झापा घैलाडुब्बा निवासी बलबहादुर कार्कीसँग विहीबार विवाह गरिदिएका हुन ।

सुनिता र पुण्यप्रसादबिच २०६५ सालमा विवाह भएको थियो । विरामी हजुरबालाई उपचार गर्न अस्पताल लैजादै गर्दा मोटरसाईकल दुर्घटनामा परी पुन्यको निधन भएको थियो । त्यतिखेर सुनिताको छोरी डेडवर्षको मात्र रहेकी थिईन् ।

पोख्रेल केराबारी ९ कै घंघरुस्थित स्वास्थ्य संस्थामा कार्यरत थिए । श्रीमानको निधन पश्चात घरपरिवारको सल्लाह र सहमतिमा छोरी सहित सुनिता माईतमै बस्दै आएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस