aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

खिलराज रेग्मीद्धारा जय मजदूर चलचित्रको शुभमूर्हत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ बैशाख २०७६
खिलराज रेग्मीद्धारा जय मजदूर चलचित्रको शुभमूर्हत

काठमाडौं । मन्त्रीपरिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधिश खिलराज रेग्मीले 'जय मजदूर' नामक चलचित्रको शुभमूर्हत गरेका छन् । १३० औं अन्तराष्ट्रिय मजदूर दिवसको अवसरमा श्रमजीवी ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा मजदूरको हकहितको आवाज उठाएको चलचित्रको शुभमूर्हत गरेका हुन् । उक्त चलचित्रको निर्देशन तुलसी बास्कोटाले गरेका छन् ।

मजदूरको सामाजिक सुरक्षाका लागि सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कोष र न्यूनतम पारिश्रमको कार्यान्वयन प्रभावकारी नभएको कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले बताए । उनले भने, ‘मजदूर र मालिकबीचमा समधुर सम्बन्ध निर्माण गर्न मालिक र मजदूर आफै लाग्न पर्छ मजदूरको हकहितका मात्र कुरा गर्यो र आफूले काम गर्ने संस्थाप्रति मजदूरले कुनै पनि जिम्मेवारी देखाएन भने मालिक र मजदूर दुबैलाई नोक्सान हुन्छ ।’

सरकारले न्यूनतम पारिश्रम र सामाजिक सुरक्षा कोष संगठित मजदूरका लागि गर्न खोजेको र असंगठित मजदूरका लागि कुनै पनि काम नगरेको महासंघका अध्यक्ष रामबहादुर तामाङले आरोप लगाएका छन् । सरकारले अभिलम्भ सबै मजदूरको रासन कार्डको व्यबस्था गर्न समेत उनले माग गरेका छन् । उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट मजदूरको आवाज उठाइ सहयोग गर्ने २ दर्जनभन्दा बढी व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।  

 

प्रतिक्रिया दिनुहोस