
काठमाडौं । यसपालीको तिहार झिलिमिली हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले यो तिहारमा देशैभर बिद्युत कटौती नहुने स्पष्ट पारेका छन् । तिहारमा हुने विद्युत माग र चूनौती सामना गर्न प्राधिकरण पूर्ण रूपले तयार रहेको छ ।
यो तिहारमा बिद्युत कटौती हुदैंन, प्राधिकरण पहिले भन्दा सबल अवस्थामा रहेको नेपाल विद्युत प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले बताइन् ।
अर्यालका अनुसार तिहारमा लक्ष्मी पूजाकादिन १२५० मेगावाट विद्युतको खपत हुने अनुमान गरेको बताइन् । दिपावलीको झिलिमिलिका लागि प्राधिकरण तयार छ ।
अर्यालले भनिन्, ‘दशैंमा लोड घटेर विद्युत खपत कम भएपनि हाल ८ सय मेगावट जति दैनिक विद्युत खपत भईरहेकोे छ । लोडसेडिङ पहिले भन्दा घटेको अवस्थामा रहेको र प्राविधिक रूपले प्राधिकरण सबल रहेकाले विद्युतीय काम समयमै हुने गरेको छ ।’ माग अनुसारको विद्युत खपत भईरहेकोले यस बर्षको तिहारमा कुनै समस्या आउने छैन् ढुक्क भएर तिहार झिलीमिलीका साथ मनाएर रमाउन अर्यालले अर्यालले आग्रह गरेकी छिन् ।
उच्च खपतले प्राविधिक समस्या आए केहीबेर आपूर्ति बन्द हुन सक्ने कुरा अपवादका रुपमा रहे पनि बिद्युत कटौतिको अवस्थामा प्राधिकरण नरहेको अर्यालले बताइन् ।
गत बर्षको तुलनामा यस बर्षको लक्ष्मी पूजा बढी विद्युत खपत हुने
यस बर्ष गतबर्षको तुलनामा बढी विद्युत खपत हुने प्राधिकरणको अनुमान रहेको छ । गत बर्ष तिहार ढिलो भएको कारण विद्युत खपत अनुमान गरेको भन्दा लगभग एक सय ५० मेगावट कम खपत भएको थियो । लगभग जाडों सुरु भएको कारण विद्युत खपत कम भएको अनुमान प्राधिकरणको रहेको छ ।
यस बर्षको तिहार पोहोरको तुलनामा लगभग १० दिन अगावै हुने भएको छ । तराईतिर गर्मी नै भएको र पंखा चलाई नै रहनु पर्ने भएकोले गत बर्षको तुलनामा १०० मेगावाट बढी विद्युत खपत हुने सूचना अधिकारी अर्यालले बताईन् । विद्युत खपत बढी भएपनि प्राधिकरणले आपूर्ति पूरा गर्न सक्ने बताएको छ ।
उद्योग बन्द गर्नु नपर्ने
अघिल्लो बर्षको लक्ष्मी पूजाको साँझ उद्योग बन्द गर्न प्राधिकरणले आग्रह गरे पनि यस बर्ष उद्योग बन्द नगरे पनि प्राधिकरणले आपूर्ति गर्न सक्ने भएको छ । यस बर्षको लक्ष्मी पूजाको लागि विद्युत प्राधिकरणसगं लगभग १३०० मेगावाट विद्युत छुट्याए पनि १२५० मेगावट विद्युत मात्र खपत हुने प्राधिकरणले अनुमान गरेको छ । गत बर्षको लक्ष्मी पूजाको दिन ११५० विद्युत मात्र खपत भएको प्राधिकरण जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस